सुर्खेत । कर्णाली प्रदेशको बजेटका सिद्धान्त,उद्देश्य तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेटको सिद्धान्त, उद्देश्य तथा प्राथकिता माथि छलफल सुरु भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले विनियोजन विधेयक ः सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नु भएको थियो । प्रदेश सभा सदस्यहरुले छलफलमा भाग लिँदै कर्णालीको आवश्यकता अनुसार बजेट बिनियोजन हुनुपर्नेमा जोड दिएका छन् । यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि उत्पादनलगायतका क्षेत्र केन्द्रित बजेट हुनुपर्ने उनीहरुको सुझाव रहेको छ ।
प्रदेश सभा सदस्य धनश्याम भण्डारीले भौतिक पूर्वाधारको विकास मात्र नभएर सामाजिक चेतनालाई पनि ख्याल गरेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक सम्पति संरक्षण, मानविय विकास, घरेलु हिंसा, बालविवाह अन्त्य, आन्तरिक आम्दानी वृद्धि, पर्यटन विकास, उत्पादनमा वृद्धिलगतयका क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।
प्रदेश सभा सदस्य तुलसा मल्लले भुकम्प क्षेत्रमा पुर्ननिर्माण, भुगोलको हिसाबले बजेट विनियोजन हुनुपर्ने, सुझाव दिइन् । प्रदेश सभा सदस्य विजया बुढाले कर्णाली सुहाउँदो बजेट र आवश्यकताको आधारमा बजेट ल्याउनुपर्ने बताइन् । उनले राजश्वको दायरा बढाएर राजश्व संकलनमा वृद्धि गर्नुपर्ने आवश्यक रहेकाले बजेटमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।
आवाजपत्र । १५ जेष्ठ २०८१, मंगलवार १०:३८