माओवादीद्धारा प्रदेश सभा बैठक अवरुद्ध

सुर्खेत । नेकपा माओवादीले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा विषय सूचिमा प्रवेश गर्न नपाई सुरुवातमै माओवादीका प्रदेश सभा सदस्यहरुले उठेर अवरुद्ध गरेका हुन् ।

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सरकार मनपरी ढंगबाट अघि बढेको भन्दै यसरी प्रदेश सभा अघि नबढने बताए । उनले कर्णाली समृद्धसँग जोडिएको वार्षिक १० हजारलाई रोजगार दिने परियोजना अघि नबढाईएको भन्दै तत्तकाल प्रक्रिया अघि नबढाइए अवरुद्ध गरेको जानकारी दिनुभयो ।