सुर्खेत । नेकपा एमाले सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उदेश्यले जनजागरण सभाको आयोजना गरिएको हो । उक्त सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाले जानकारी दिए ।
मंगलगढी चोकबाट ¥याली सुरु गरिने छ भने पिपल चौतारामा सभाको आयोजना गरिने उनले बताए । राजावादी समूहले राजतन्त्र पुनस्र्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेकाले जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले सभाको आयोजना गरिएको एमालेले जनाएको छ ।
आवाजपत्र । २१ चैत्र २०८१, शुक्रबार १२:३१