सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा सत्ता समिकरण फेरिएसँगै कर्णालीमा पनि माओवादी सरकारबाट बाहिरिएको हो । नेकपा (एमाले) को नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट चार जना मन्त्री थिए ।
माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, ऊर्जा विकास तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले सोमबार राजीनामा दिएका हुन् ।
आवाजपत्र । ७ श्रावण २०८१, सोमबार १५:०७