कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी

सुर्खेत । कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागि भएको छ । कांग्रेसकातर्फबाट चार मन्त्री नियुक्त भएसँगै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पद तथा शपथ खुवाएका हुन् ।