सुर्खेत । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका बिषयमा छलफल गर्नु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याललाई बिहीबार मन्त्रालयमै बोलाएर प्रतियोगिताको बारो छलफल गर्नु भएको हो ।
मन्त्री श्रेष्ठले प्रतियोगिताबारे कर्णाली प्रदेशको पूर्व तयारीका बारेमा जानकारी लिनु भएको छ । मन्त्री श्रेष्ठ र सदस्य सचिव संज्यालबिचको छलफलमा युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालज्यू लगायतको उपस्थिति रहेको थियो ।
आवाजपत्र । ४ जेष्ठ २०८१, शुक्रबार १६:२७