सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ । सवारी चाप र दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले नगरपालिकाले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाले सडक सुरक्षा र सवारी सञ्चालनमा नयाँ अभ्यासको सुरुवात गरेको हो ।
नगरपालिकाले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेको छ ।नगर प्रमुख मोहनमाया ढकालले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी ट्राफिक कार्यालयलाई हस्तान्तरण गर्दै यसले मुख्य सडकहरु व्यवस्थित हुने र पैदलयात्रीहरुको सुरक्षित र सहज बनाउन सहयोग पुग्ने बताइन् । नगरपालिकाले आगामी दिनमा अन्य व्यस्त सडक तथा मुख्य चोकहरूमा पनि ट्राफिक लाइट विस्तार गरिने योजना रहेको जनाएको छ । नगरपालिकाले यहीँ वर्ष मंगलगढी चौकमा आकाशे पुल निर्माणको शुरूवात गरेको उनले बताइन् ।
आवाजपत्र । २५ असार २०८२, बुधबार ११:५५