काठमाडौं । जर्मनीमा सम्पन्न आम निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ।
यस पार्टीले २८.६ प्रतिशत मत प्राप्त गरेको हो। तर पूर्ण बहुमत नपाएकाले उसले सरकार बनाउन अरु दलसँग गठबन्धन गर्नुपर्ने भएको छ। यसैगरी दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) ले २०.६ प्रतिशत मत प्राप्त गरेको छ।
पछिल्लो चुनावको तुलनामा यसपटक यस पार्टीको मत दोब्बरले बढेको हो। यसैगरी समाजवादी पार्टी (एसपीडी) ले १६.४ प्रतिशत मत पाएको छ। वैचारिक मतभेदका कारण सरकार गठनका लागि गठबन्धन गर्न सीडीयू नेता फ्रेडरिक मर्जका लागि चुनौती हुने अनुमान गरिएको छ।
आवाजपत्र । १२ फाल्गुन २०८१, सोमबार १०:१६