कर्णाली उत्सवको छैटौं संस्करण आजदेखि

सुर्खेत । कर्णाली उत्सवको छैटौं संस्करण वीरेन्द्रनगरमा आज (सोमबार) देखि सुरु हुँदै छ ।
ऋति फाउण्डेशनले आयोजना गर्ने कर्णाली उत्सव सिटी हलको प्राङ्गणमा हुने भएको हो । तीन दिनसम्म सञ्चालन हुने उत्सवमा विभिन्न विषयमा छलफल हुने छ ।

छैटौं संस्करणमा उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, स्याउ खेती, अर्थतन्त्र, खस भाषामा युवाहरुको सक्रियता, नारी नेतृत्व, संघीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुद जस्ता विषयमा समूह छलफल गरिने छ । ‘कर्णाली उत्सव…कुँडा कर्नालीका’ नाम दिइएको उत्सव २०७६ सालदेखि आयोजना हुँदै आएको छ ।