सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले ल्याएको परिवर्तन विरुद्ध प्रतिगामीहरु सलबलाइरहेको बताएका छन् । नेकपा एमाले सुर्खेतले संघीय लोकताीन्त्रक गणतन्त्रको पक्षमा मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको बृहत जागरण सभामा जनताको रोजाई पहिलो सशक्ति भएकाले परिवर्तनलाई कसैले औला उठाएर खबरदारी गर्नुपर्ने बताएका हुन् ।
उनले पञ्चायती व्यवस्था भन्दा अहिले गणतन्त्रमा जनताले विकासको अनुभुति गर्नु पाएको भन्दै पञ्चायतीसँग गणतन्त्रको तुलना गर्न नमिल्ने उल्लेख गरे । अढाई वर्ष शासन गरेका पञ्चायतीहरुले देशलाई अध्यारोमा राखेका कारण देश पछि परेको उनको भनाई थियो । उनले भने, ‘अढाई वर्ष शासन गरेको पञ्चायतको पालामा आठ हजार किलोमिटर सडक बनेको रहेछ । अहिले तीन सरकार मिलेर एक लाख १० हजार किलोमिटर सडक बनेको रहेछ । पञ्चायतसँग गणतन्त्रको तुलना गर्न मिल्छ ? ’
आवाजपत्र । २५ चैत्र २०८१, मंगलवार १९:५८