सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । हिजो तोलामा एक हजार छ सय रुपैयाँले बढेको सुनको भाउ आज छ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ रहेकाे थियो ।

यस्तै आज चाँदी २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।