सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान भएको म्याराथनको उपाधि विभागीय टिम नेपाली सेनाका नरेन्द्र रावल र सशस्त्र प्रहरी बल (एपीएफ) का पुष्पा भण्डारीले जितेका छन् । पुरुष तर्फ नेपाली सेनाका नरेन्द्र रावल र महिला तर्फ
सशस्त्र प्रहरी बल (एपीएफ) का पुष्पा भण्डारीले जितेका हुन् ।
प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरी चौथो भए । यस्तै, महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएकी छन् ।
म्याराथनको विजेताले महिला तथा पुरुषलाई समान ५५ हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमश १५ हजार, १० हजार र ५ हजार र विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार वितरण गरिएको छ ।
आवाजपत्र । २९ बैशाख २०८१, शनिबार २१:२९