सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाललले लैगिंक समानता तथा सामाजिक समावेशी हिसाबले अब्बल नगर गराउन लागि रहेको बताएकी छन् । सोमबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको जेसी कार्यान्वयनका चूनौती र लैगिंक समानता प्रवद्र्धनका लागि प्रतिबिम्बात्मक संवाद सत्र कार्यक्रमम बोल्दै नगर प्रमुख ढकालले नगरपालिकाले लैगिंक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्ययोजना बनाएर नै नगरपालिकाका हरेक क्षेत्रमा गतिविधि गरेको बताइन् । उहाँले घर तथा भवनको नक्सा पास गराउँदा अपांगमैत्री हुनुपर्ने, हरेक विद्यालय र स्वास्थ्य संस्थामा किशोरी र महिलाका लागि सेनेटरी प्याडको व्यवस्था, विद्यालयमा नर्सको व्यवस्था, महिला उद्यमीलाई करमा छुट, गर्भवति महिलाहरुको स्वास्थ्य परीक्षण र हेल्लो गर्भवति महिला कार्यक्रमहरु अघि बढाएको उल्लेख गरिन् । , उनले नगर अस्पताललाई महिला तथा बालबालिका अस्पतालको रुपमा अघि बढाइएको बताइन् ।
यस्तै उनले किसान महिलाहरुका लागि प्रत्येक वडामा बजेट छुट्टाएर किसान महिलाहरुसँग मेयरसँग कार्यक्र संचालन गरेको बताइन् । । उनले भनिन्, ‘महिलाहरुलाई प्रत्यक्ष रुपमा उत्पादनसँग जोड्ने कार्यक्रम सञ्चलन गरेका छौँ । नगरमा अहिले अटो रिक्सा चलाउँनुहुन्छ । सिलाईकटाई तालिम लिएर स्वरोजगार बन्नु भएको छ । बाख्रापालन र कृषिको काम गरिरहनु भएको छ ।’
कार्यक्रममा सहभागिहरुले लैगिंक समानता तथा सामाजिक समावेशी सम्बन्धी नीति तथा कार्ययोजनाहरु कार्यान्वयनलाई अझै प्रभावकारी बनाउँदै लैजान सुझाव दिएका छन् । एकल महिला सुर्खेतकी अध्यक्ष ममता नगालले जेसीको सम्बन्धमा नगरपालिकाले धेरै राम्रा कामरुको सुरुवाता गरेर काम गरेको बताउँदै आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने बताइन् ।
यस्तै आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले महिला हिंसा निवारण कोषलाई संचालन गनुपर्ने, रोजगार प्रवद्र्धन्का कार्यक्रमहरुमा जोड दिनुपर्ने बताइन् ।
आवाजपत्र । ५ जेष्ठ २०८२, सोमबार २३:००