आचार्यको नेतृत्वमा नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सर्वसम्मत नेतृत्व चयन

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा राजेश आचार्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा सर्वसम्मत् नेतृत्व चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा राजेन्द्र पोख्रेल, उपाध्यक्षमा सृष्टि शर्मा र महासचिवमा प्रकाश शर्मा निर्वाचित भएका छन् ।
यस्तै सचिवमा प्रकाश नेपाली , यज्ञ बहादुर अधिकारी र पूर्ण चन्द्र काफ्ले निर्वाचित  भएका छन् । कोषाध्यक्ष ध्रुव बहादुर खत्री र लेखा परीक्षण आयोगको संयोजकमा दिलिप न्यौपाने निर्वाचित भएका छन् ।