सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, सुर्खेतले रक्तदान कार्यक्रम गरेको छ । बिहीबार सहिद मनोज–झपेन्द्र–सुरेन्द्र ३४ औँ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम संगठनका अध्यक्ष सीता कंडेलको अध्यक्षता र पेशागत महासंघ नेपालका कर्णाली प्रदेशका अध्यक्ष डोर प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संगठनका अध्यक्ष कंडेलसहित २३ जनाले रक्तदान गरेका छन् । राजेन्द्र प्रसाद पोख्रेल, प्रकाश शर्मा अधिकारी, कृष्ण कुमार विष्ट, विनोद कुमार वानिया, ताराराज अधिकारी , सतेन्द्र कुमार यादव, पुर्ण चन्द्र काफ्ले , रेशम रेग्मी, अर्जुन राज जोशी, गणेश सुनार र पुष्प केशर खनालले रक्तदान गरेका हुन् ।
यस्तै यज्ञ बहादुर अधिकारी, मंगल प्रकाश वराल, सुरज देवकोटा, हेमराज के सि, रेशम भण्डारी , दिलिप न्यौपाने, आशिष पौडेल, कृष्ण प्रसाद ढकाल, विपना पौडेल , उपेन्द्र न्यौपाने र दिप वहादुर वलीले रक्तदान गरेका थिए ।
संगठन निर्माण तथा पेशागत हित संरक्षण गर्न आफ्नो ज्यानको आहुति दिने सहिदहरूको स्मृतिमा संगठनले हरेक वर्ष सप्तहव्यापी कार्यक्रम गर्दै आएको छ । संगठनका अध्यक्ष सीता कंडेलले संगठनले पेशागत हकहितको सुरक्षाको लागि सिर्जनात्मक , रचनात्मक एवं सामाजिक कार्य गर्दै आएको र आगामि दिनमा पनि यस्ता कार्यहरू गर्ने बताइन् ।
संगठनले सप्ताह कार्यक्रम अन्तरगत मंगलबार वीरेन्द्रनगर नगरपालिका वडा नं ११ मा रहेको भेरी नदीको समोझी घाटमा सहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति विश्रामस्थल निर्माण गरेको ठाउँको वरिपरी वृक्षारोपण, बुधबार जिल्ला कार्य समिति र प्रदेश तथा केन्द्रीय कार्य समिति बीच मैत्रीपूर्ण फुटबल कार्यक्रम र मानवसेवा आश्रम सुर्खेतमा भोजन अर्पण कार्यक्रमको आयोजना गरेको थियो ।
आवाजपत्र । १५ श्रावण २०८२, बिहीबार १५:३०