सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक माघ १५ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले वार्षिक १० हजारलाई रोजगार गराउने कार्यक्रम अघि नबढाएको भन्दै आइतबार बसेको प्रदेश सभाको बैठकमा अवरुद्ध गरेको थियो । अवरोध पछि आधा घण्टाका लागि स्थगित गरिएको प्रदेश सभाको बैठक सहमति नजुटे पछि माघ १५ गते मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले बैठकको सुरुवातमै बोल्दै सरकार मनपरी ढंगबाट अघि बढेकोले प्रदेश सभा बैठक अवरुद्ध गरेको बताए । वार्षिक १० हजारलाई रोजगार दिने परियोजना सरकारले अघि नबढाएको उनको अरोप छ । उक्त कार्यक्रम शर्मा मुख्यमन्त्री हुँदा ल्याइएको थियो । उक्त कार्यक्रम तत्तकाल प्रक्रिया अघि नबढाइए प्रदेश सभा बैठक अवरुद्ध गरिरहने उनले बताए । उनले भने, ‘रोजगार सृजना समृद्ध कर्णाली सुखारी कर्णालीबासीको मुख्य नारा र लक्ष्य अनुसार कर्णाली समृद्धि परियोजनाको कल्पना ग¥यौँ । प्रदेश सभाबाट पारित भएका बहस र छलफल गरेका विषयहरु, समझदारी गरेका विषयहरुलाई लात हान्दै सरकारले मन परी गर्न खोजेको छ । वार्षिक १० हजार जनतालाई वार्षिक रोजगारी प्रदेश गर्ने परिकल्पना ग¥यौँ तर बजेट कतै घुमाउने यो तरिकाले संसद अघि बढ्न सक्दैन् । सरकार गरिबि उन्मुलन गर्न तर्फ प्रतिवद्ध देखिए । यो प्रक्रिया अघि नबढेसम्म प्रदेश सभा बैठक अघि नबढ्ने घोषणा गर्छु ।’ प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
आवाजपत्र । १३ माघ २०८१, आईतवार २०:१०