भूमि सम्बन्धी रोकिएको काम अघि बढाउँदै वीरेन्द्रनगर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले भूमि आयोगको विगठनसंगै रोकिएको काम तत्काल अघि बढाउने भएको छ । शुक्रबार बसेको सुर्खेतको भूमि सम्बन्धि समस्या समाधान समिति अन्तरगत नगर सहजीकरण समितिको बैठकले भूमि सम्बन्धीका काम अघि बढाउने निर्णय गरेको हो ।
नगरप्रमुख मोहनमाया ढकालले भूमि सम्बन्धी रोकिएका काम सुरु गर्न लागिएको बताइन् । उनले अबको एक हप्ताभित्र वडा सहजिकरण समितिको बैठक बस्ने र वैशाखको अन्तिमबाट जग्गाको नापजाँच सुरु गरिने जानकारी दिइन् । वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थित बनाउनका लागि भूमि सम्बन्धी रोकिएका सबै काम छिटो सक्ने गरी नगरपालिका लागिपरिरहेकोले उल्लेख गरिन् । उनका अनुसार वैशाख अन्तिमबाट वडा नं १ र २ बाट नापजाँच सुरु गरिनेछ ।