सुर्खेत । नेकपाएमाले जन संगठन संयन्त्र सुर्खेतले जनसंगठका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिएको छ । नेकपाएमाले जनसंगठन संयन्त्रका केन्द्रिय प्रमुख भानुभक्त ढकालको उपस्थितिमा शनिबार वीरेन्द्रनगरमा प्रशिक्षण आयोजना गरिएको हो ।
जनसंयन्त्र प्रमुख ढकालले नेकपा एमालेको नेतृत्वमा मात्रै मूलुकको विकास र समृद्धि संभव हुने बताए । उनले विकास र समृद्धिका लागि गरेका संकल्प पूरा गर्न एमालेलाई आगामी निर्वाचनबाट बहुमतले निर्वाचित गराउन लाग्न आग्रह गरे । स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आर्थिक सामाजिक रूपान्कतरणका लागि आ-आफ्नो क्षेत्रमा भूमिका खेल्न सुझाव व्यक्त गरे ।
केन्द्रिय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले जनताको बहुदलियजनवाद र समाजबाद, केन्द्रिय सदस्य ठम्मर बिष्टले संगठनात्मक सिद्धान्त र कार्यदिशा, केन्द्रिय सदस्य मोहनमाया ढकालले महिला नेतृत्व र अनेम संघ,केन्द्रिय स्कूलविभाग सदस्य गेहेन्द्र दाहालले व्यक्तित्व र नेतृत्व साथै कर्णालीप्रदेश कमिटि सचिव ध्रुवकुमार शाहीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । जनसंगठन संयन्त्र सुर्खेतका प्रमुख शुशिला विश्वकर्माले आगामीदिनमा सबै जनसंगठनहरुले जिल्ला र पालिका स्तरमा प्रशिक्षणमूलक कार्यक्रम आयोजनागर्ने कार्ययोजना रहेको बताइन् ।
आवाजपत्र । ८ भाद्र २०८१, शनिबार २०:५७