सुर्खेत । लागुऔषध (ब्राउनसुगर) सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा अछाम घरभई हाल लाटिकोइली ९ सुर्खेतमा बस्ने २५ वर्षीय आर्यन शाहँ, वीरेन्द्रनगर ३ का २९ वर्षका कमल कार्की र दैलेख घर भई हाल वीरेन्द्रनगर ३ बस्ने बर्ष २१ का ध्वनिल मल्ल रहेका छन् ।
शंकास्पद अवस्थामा फेला परेका आर्यनको शरिर तथा कोठा खानतलासी गर्दा उनको साथबाट शुद्द ३.७०० (तिन ग्राम सात सय मिलिग्राम) लागूऔषध (ब्राउनसुगर) बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) मोहनजंग बुढथापाले बताए ।
कमल र ध्वनिलको साथबाट लागुऔषध (नाईट्राजेपाम) २४३ ट्याब्ले बरामद गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता बुढथापाले जानकारी दिए ।
आवाजपत्र । ९ श्रावण २०८२, शुक्रबार १७:३७