सुर्खेत । कर्णाली प्रदेश सरकारले संगठन संरचना अध्ययन उच्च स्तरिय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदन कार्यान्वयन एवंम सहजिकरण गर्न समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यहरुमा सचिव वीरेन्द्र केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रबिलाल शर्मा, उपसचिव विधाप्रसाद उपाध्याय रहनु भएको छ । प्रदेश सरकारले प्रदेशको विद्यमान प्रशासनिक संरचना पुनसंरचनामार्फत सरकारका कार्यसम्पादनलाई थप चुस्त र व्यवस्थित बनाउन पूर्व सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा उच्च स्तरिय अध्ययन समिति गठन गरेको थियो ।
उक्त उच्च स्तरिय समितिले अध्ययन प्रतिवेदन केही समय अघि प्रदेश सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन कार्यान्वयन र सहजिकरणका लागि यस समितिले काम गर्ने सरकारका प्रवक्ता एवंम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो ।
फोटो क्याप्सनः कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठक ।
आवाजपत्र । २४ असार २०८२, मंगलवार २०:५०