सुर्खेतमा विन्दा पाण्डेको पुस्तक ‘भुइँ मान्छे’को चर्चा

  • सुर्खेत । लेखक विन्दा पाण्डेको पुस्तक भुइँमान्छे’ को परिचर्चा गरिएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पुस्तकमाथि परिचर्चा गरिएको हो । कार्यक्रममा नेकपा एमालेका नेता बालाराम शर्मा, नेकपा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्का, उपप्रध्यापक डा.अर्जुनबहादुर अयडीले वक्ताको रुपमा पुस्तकमाथि चर्चा गरेका थिए ।
    कार्यक्रममा बालाराम शर्माले ‘भुँई मान्छे’ पुस्तक देशमा परिवर्तन ल्याउन विगतमा गरेको संघर्षको संगालो र इतिहासको दस्तावेज भएको बताए । उनले भने, ‘यो पुस्तक राजनीतिक परिवर्तन, विगतमा गरेका संघर्षहरुको  संगालो भएको छ । अहिलेको परिवर्तन ल्याउन कति संघर्ष गर्नुप¥यो । यदि नगरेको भए हाील्े यो व्यवस्था पाउने थिएनौँ भन्ने कुरा यो पुस्तकले प्रस्तुत गरेको छ ।’
    यस्तै कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेशकी उपसचिव पदमा खड्काले राजनीतक विकासक्रमदेखि हिजोको इतिहास यो पुस्तकमा समेटिएको बताइन् । उनले समाज परिवर्तनमा महिलाहरुको पनि ठूलो हात रहेछ भन्ने कुरा यो पुस्तकले दर्शाएको उल्लेख गरिन् ।
    यस्तै मध्यपश्चिम विश्वविद्यालयका उप प्रध्यापक डा. अर्जुनबहादुर अयडीले भुइँमान्छे पुस्तकले लोकतन्त्र व्यवस्था ल्याउन कति कठिन छ भन्ने कुरा यो पुस्तकले स्थापित गरेको बताए । उनले भने, ‘अहिले लोकतन्त्रमा जे पनि बोल्न पाइन्छ, जे पनि गर्न पाइन्छ र लोकतन्त्र त्यसै आएको जस्तो पनि छ । जे पनि बोल्न पाइन्छ भन्ने होइन । यो व्यवस्था ल्याउन कति कठिन छ भन्ने स्थापित गर्न पनि यो पुस्तकले भूमिका खेल्छ । ’ उनले अहिलेका युवा पुस्ताले यो पुस्तक पढ्नुपर्ने बताए ।
    कार्यक्रममा लेखक विन्दा पाण्डेले पुस्तकमा पार्टी निर्माण र देशमा भएको परिर्वतनमा भुइँमान्छेहरुको योगदानहरुलाई समेटिएर पुस्तक लेखेको बताइन् । उनले यस पुस्तक लेख्दा श्रमजिविहरुबिचमा गएर पुस्तक लेखेको उल्लेख गरिन् । उनले पुस्तकको अर्को संस्करणमा अझ सबैलाई समेट्ने जानकारी दिइन् ।