सुर्खेत । सुर्खेतका सामुदायिक सिकाइ केन्द्रहरुले कार्ययोजना निर्माण गरेका छन् । तीन पालिकाका स्थानीय तहले कार्ययोजना निर्माण गरेका हुन् । पुर्वी सुर्खेतका तीन पालिकाले कार्ययोजना निर्माण गरेका छन् । गुर्भाकोट, भेरीगंगा र लेकबेशी नगरपालिकाले कार्ययोजना निर्माण गरेका हुन् । सिकाइ केन्द्रलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना निर्माण गरिएको हो ।
आवश्यकता अनुसार एकवर्षदेखि तीनवर्षसम्मको कार्ययोजना निर्माण गरिएको सिकाइ केन्द्रहरुले जनाएका छन् । अनौपचारिक शिक्षालाई प्रभावकारी बनाउनका लागि कार्ययोजना निर्माण गरिएको भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकपाल नेपालीले बताए ।
नगरपालिकाका तीनवटा सिकाइ केन्द्रले कार्ययोजना निर्माण गरेका छन् । नगरपालिकाका पारिजात सिकाइ केन्द्र, सहिद सिकाइ केन्द्र महिनतडा सिकाइ केन्द्रले कार्ययोजना बनाइएका हुन् । उनीहरुले निर्माण गरेका योजना पालिकाले निर्माण गर्ने आगामी वर्षको वार्षिक योजनामा समावेश गरिने जनाइएको छ ।
गुर्भाकोट नगरपालिकाको गुर्भाकोट सिकाइ केन्द्र, घुमखोला र मेहेलकुना सिकाइ केन्द्रले कार्ययोजना निर्माण गरेका छन् । वार्षिक रुपमा गर्ने योजना र कार्यक्रम लगाएका विषयलाई समावेश गरेर योजना निर्माण गरिएको गुर्भाकोट नगरपालिकाका महिला शाखा प्रमुख विमला विकले बताइन् । सिकाइस्तर कमजोर भएका किशोरीहरुलाई सिकाइ केन्द्रमा राखेर शिक्षा दिने गरिएको उनको भनाइ छ । पालिकाको आगामी वर्षको योजनामा समेटिनेगरी सिकाइ केन्द्रहरुले योजना निर्माण गरेका छन् । लेकबेशी नगरपालिकाको जनसेवा सिकाइ केन्द्रले कार्ययोजना निर्माण गरेको छ । अंगे्रजी डिजीटल शिक्षामा समेत जोड दिइएको छ ।
एफ सि डि ओ (FCDO) को आर्थिक सहयोग British Council नेपालसंगको सहकार्य र साझेदारीमा आसमान द्धारा सचालित जेम्स परियोजना Girls Empowerment and Mainstreaming Sustainably-GEMS अन्र्तगत सुर्खेत जिल्लाका तीन वटा स्थानीय पालिका भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालीका मा रहेका सात वटा केन्द्र नगरपालिकाका प्रतिनिधि तथा सामुदायिक सिकाइ केन्द्रहरुका अध्यक्ष, र सामजिक परिचालक हरुलाई क्षमता विकास तथा कार्ययोजना निर्माण गर्ने उद्देश्यले तीन दिने तालिम वीरेन्द्रनगरमा सञ्चालन गरिएको थियो । कार्यक्रममा २४ जना बढीको सहभागिता रहेको आसमान नेपालका कार्यक्रम संयोजक दुर्गा गाहाले बताइन् । उनका अनुसार सामुदायिक सिकाइ केन्द्रलाई सहयोग गर्नेगरी तीन वटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेका छन् ।
आवाजपत्र । ११ जेष्ठ २०८२, आईतवार २०:२८