नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा.पौडेललाई नियुक्त गरेको हो ।

गभर्नरमा प्रा.डा.पौडेललाई नियुक्त भएपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै पहिलो नम्बरमा डा. विश्व पौडेलसहित राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।