सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताए । आज १६ औं सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरुले आफ्नो मेहनतले देशलाई नै बिश्वसामु चिनाएको उल्लेख गरे ।
विद्यालयमा रहेका हरेक विद्यार्थीहरुलाई खेलकुदका माध्यम असल नागरिक बनाउन सकिने हुदा खेलकुद महत्त्वाका साथ सधैले हेर्नू पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे । खेल क्षेत्रलगाएतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागी रहेको थियोे । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियोे । सिम्ता गाउँपालिकामा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरुले सहभागिता रहेको छ ।
आवाजपत्र । २ फाल्गुन २०८१, शुक्रबार २१:३१