तीन वटै तहका कर्मचारीको मर्म र भावना समेटिने गरी निजामती ऐन ल्याउँँन माग

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशले तीन वटै तहका कर्मचारीको मर्म र भावना समेटिने गरी निजामती सेवा ऐन ल्याउँन माग गरेको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐन र नियमावली तथा कर्णाली प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन र नियमावली कार्यान्वयनमा देखिएका जटिलताहरु यथाशीघ्र संशोधन गर्न पहल गर्ने पनि निर्णय गरेको छ । कर्मचारीको मर्म र भावना समेटिने गरी संघीय निजामती ऐन तत्तकाल जारी गर्न माग गरेको छ ।
बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग सम्बोधन गर्ने निर्णय गरेको छ । स्थानीय तहका कर्मचारीको वृत्ति विकासमा असर हुने, विभेदकारी व्यवस्था गरेकोलगायतको माग राखेर कर्मचारीले ऐनको विरोध गरिरहेका छन् । संगठनका प्रदेश अध्यक्ष राजेश आचार्यले स्थानीय तहका कर्मचारीहरुको सन्दर्भमा देखिएका समस्या बारेमा उहाँहरुसँग पनि समन्वय र सपम्र्क गरिरहेको र पहल गरिहेको बताए । उनले देखिएका जटिलतालाई सम्बोधन गरी संशोधन गर्न सरकारसँग माग गरिरहेको उल्लेख गरे ।