सुर्खेत–नेपालगञ्ज सडक खण्डमा सवारी दुर्घटना हुँदा ५ जना घाइते

सुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको टिप्पर आपसमा ठोक्किँदा कम्तीमा पाँच जना घाइते भएका छन् । दुर्घटना भेरी पुलदेखि करिब १०० मिटरअगाडि रहेको घुम्तीमा आज बिहान भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको सनाखत हुन बाँकी छ भने उनीहरूलाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार गरी उपचारका लागि प्रदेश अस्पतालमा पठाइएको छ । प्रारम्भिक जानकारी अनुसार गम्भीर घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरीको टोली पुगेर थप उद्धार कार्यमा खटिएको छ । गाडी दुर्घटनाको कारण भने यतिबेला खुल्न सकेको छैन । दुर्घटनास्थलबाट सवारी हटाउने कार्य भइरहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।