काठमाण्डौ । गीतकार बालक गुरुङको शब्द रचना रहेको सुगम सङ्गीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै सङ्गीतवद्ध गरेका हुन् । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले सङ्गीत संयोजन गरेका छन् भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ भने गरेका हुन् ।
यो गीत निकै रोमान्टिक बनेको छ । गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै मिठास सुन्न सकिन्छ । शब्दहरू प्रेमिल छन् भने सङ्गीत पनि कर्णप्रिय छ ।
यो गीतको स्टुडियो छायांकनसहितको भिडियो पनि सार्वजनिक भएको छ । गीत रचनाको क्षेत्रमा तीन दशकदेखि सक्रिय बालक गुरुङ पछिल्लो दुई दशकदेखि गीतको रुपमा परिचित छन् । उनले रचना गरेका गीतहरूका तीन वटा एल्बम ‘स्टार, कर्म तथा सुर सुगन्ध सार्वजनिक भएका छन् ।
उनले रचना गरेका कविताहरूको सङ्ग्रह ‘साथीलाई कविता’ तथा उपन्यास ‘ओइली झरेछ सयपत्री’ पनि सार्वजनिक पाठकमाझ आएका छन् ।
आवाजपत्र । १५ आश्विन २०८१, मंगलवार १५:१७