मालती विक । बुबा आफू नपढेको भए पनि आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भनेर हामी तीनै भाइहरुलाई कक्षा १० सम्म पढाउनु भयो। हामीलाई पढाउने आयस्रोत भनेकै खेतीकिसानी अनि काठ मिस्त्रीबाट आउने थोरैतिना रकम न हो।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धैरै छौँ। त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन अहोरात्र खटेर हामीलाई कर्म गर्न अनि सुरक्षा दिने बुवा। सायद, शब्दले व्याख्या गर्न सकिन्न।
तिनै बुबाहरुको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ। जे होस् आमा बुबा नै यस जगतका देख्न सकिने भगवान् हुन्। आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरुलाई स्मृति गर्दै कोटि कोटि नमन गरौँ।
मेरो बुबा एक किसान परिवारमा हुर्केको अनि केहि गर्नुपर्छ भन्ने उद्धेश्य बोकेको उच्च विचारको हुनुहुन्थ्यो। आफू नपढेको भए पनि आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भनेर हामी तीनै भाइहरुलाई कक्षा १० सम्म पढाउनु भयो। हामीलाई पढाउने आयस्रोत भनेकै खेतीकिसानी अनि काठ मिस्त्रीबाट आउने थोरैतिना रकम न हो।
बुवा रोजगारीका लागि सधै भरी भारतमा जाने अनि मेरी आमा खेतबारी अनि मेलापातको काममा। हामी तिनै भाइ बैनीले बुबाको मायाँ त्यति नपाएको आभाष अहिले पनि हुन्छ। किनकि बुबा हाम्रो पठनपाठन र घरपरिवारको जिम्मेवारीले सधैँ जसो भारत बस्नु हुनुहुन्थ्यो।
कुरा एकदिनको हो। जुन मेरो परिवारमा एउटा बज्रपात आइप¥यो। बुबाको कथा सायद लौरोले बुझेर होला आज भन्दा करीब १४ वर्ष अगाडि मेरो आफन्तको भारतबाट फोन आयो।
त्यो २०६८ माघ ११ गतेको दिन थियो। मेरा बुबा बोल्न नसक्ने अवस्थामा हुनुहुँदोरहेछ। बुबालाई प्रेसरले हानेको रहेछ। हामी हतार हतार बुबालाई लिनभनि आमा, मामा, भाई अनि म भारत तिर गयौँ।
हामी ३ दिनको यात्रा पछि भारतको पुडक स्थित मेरी भन्ने ठाँउमा पुग्यौं। जहाँ बुबा बोल्न अनि हिँडडुल गर्न नक्ने अवस्थाको हुनुहुन्थ्यो। हामी त्यहाँबाट भोली पल्टै नेपालको लागि बाटो तय गरेर गाडि चढ्यौं। त्यो यात्रा हाम्रा लागि त्यति सजिलो थिएन। हामी ३ दिनको यात्रा पछि नेपालगन्ज पुग्यौं। नेपालगन्जमा युनाईटेड हस्पिटलमा बुबाको उपचार सुरु भयो। जुन समय हाम्रा लागि निकै कष्टकर थियो।
बिरामी बुबाको अवस्थाले आमा निकै निराश हुनुभएको थियो। हामी आमालाई सान्त्वना दिदैँ लगातार बुबाको उपचारमा लाग्यौं। डाक्टरको सल्लाह अनुसार ३ पन्ध्रसम्म एकुपन्चर गर्ने भयो। तत्पश्चात बुबा नत बोल्न सक्नु हुन्छ नत खाना खाननै खानुहुन्छ।
त्यसपछिका दिन हाम्रा लागि निकै दुखदायी बिते। आफ्नो जीवन साथी सँग मेरी आमाले कहिले पनि आफ्ना दुःख सुखका कुरा गर्न नसक्ने हुनुभयो। किनकि बुबा बोल्न नसक्ने हुनुभएको थियो। मलाई लाग्छ आमाका मनमा कति पीडा छन् होला चाहेर पनि कसैलाई भन्न सक्नुभएको छैन्।
बिरामी बुबाको चिन्ताले आमा पनि निकै बिरामी हुनुभएको छ। कति अत्यास लाग्छ होला? कति आए आफ्न्तकोमा जान मन लाग्छ होला, तर आमा पिजडाको चरी जस्तै हुनुभयो। रातमा होस् या दिनमा आमासँग बोल्ने पनि सहारा छैन्। कति रुनमन लाग्छ होला।
बुबाले अहिले पनि बोल्न खोज्नुहुन्छ तर नत मुख आउछ नत हात खुट्टा नै चल्छ। म घरमा जाँदा होस् या फर्कदा बुबा रुनु हुन्छ। मलाई बुबाले मेरो यात्राको कामना गर्न खोज्नुभएको हो मलाई थाहा छ।
तर म बुबाको अगाडि त रुन सक्दिनँथे। म कति अभागि रैछु। सानोमा बुबाको मायाँ के हो थाहा नपाएको म ठूलो भएपछि बुबाको माँया पाउने आशमा थिएँ। तर आज बुबाको यो अवस्थाले झन् मन भतभति पोलेर आउँछ। सबैका चेलीहरु माइतीमा गएको आफ्ना बाआमा घरपरिवारसँग रमाएको देख्दा आफूलाई नि रमाउन मन लाउछ।
बुबाको मुखबाट छोरी भनेको सुन्न मन छ तर के गर्नु सबैलाई सोचे जस्तो त कहाँ हुन्छ र! अहिले बुबाको बाहिरी दुनियाको साहारा भनेकै लौरी हो। जुन लौरीको साहाराले घरदेखि बाहिरभित्र गर्न सक्नुभएको छ। बुबा समय र स्थितिले हामीलाई टाढा बनाउला तर हजुरको आशिष्, सल्लाह र माया सधैँ मेरो मुटुमा रहने छ। हजुरको माया आशिर्वाद सदा सर्वदा पाइराखु मेरो बुबा।
आवाजपत्र । १७ भाद्र २०८१, सोमबार १४:४२