सुर्खेत । श्रमिक दिवसको अवसरमा अन्तरक्रिया तथा वनभोज कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतको आयोजना र प्रदेश समितिको समन्वयनमा १३६ आँै अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा दैलेख र सुर्खेतको सिमानामा पर्नेगराँसेमा अन्तरक्रिया गरिएको हो । पत्रकारको हकहितका विषयमा उठान गर्नुपर्ने सवाल, संगठनको हितका लागि गर्नुपर्ने कार्यविवरण लगाएतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज यामप्रसाद शर्माले पत्रकारहरुको हकहितका लागि संगठनले काम गर्नुपर्ने बताए । पछिल्लो समयमा भइरहेको बढ्दो विकृति रोक्ने र पत्रकारहरुलाई कसरी पेसामा टिकाईराख्ने भन्ने विषयमा संगठनले काम गरिरहेको उनको भनाइ छ ।
यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विनोद लम्सालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पत्रकारको हकहितका लागि कार्यक्रम समावेश गर्न सरकारलाई सुझाव दिनुपर्ने बताए । उनले पत्रकारको हकहितका लागि बन्नुपर्ने नीति नियमका विषयमा समेत सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गर्नुपर्ने जनाए । नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश कोषाअध्यक्ष इश्वरराज अधिकारीले महासंघले पत्रकारको पेसागत सुरक्षाका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । पत्रकारका लागि आवश्यक पर्ने तालीम लगाएतका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले पत्रकारलाई कसरी व्यवसायिक बनाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशिल खड्काले पत्रकारिता पेसालाई मर्यादित बनाउन लागिपरेको बताए । महासंघले बेला–बेलामा तालीहरुको आयोजन ागर्ने विभिन्न नीति निर्माणका सवालमा वकालत गर्ने गरेको उनको भनाइ छ । पत्रकार महासंघ सुर्खेतका सदस्य प्रभा रावतले महिलालाई कसरी पेसमा टिकाउने भन्ने विषयमा सोच्नुपर्ने बताइन् । पछिल्लो समय ९५ प्रतिशत महिला पत्रकार पेसाबाट पलायन भएको उनले जनाइन् । आफूहरु समेत पेसामा निर्धक्क रुपमा काम गर्न नसकिरहेको उनको भनाइ थियो । नेकपा एमालेका प्रचार विभाग प्रमुख गंगाराम तिमल्सीनाले पत्रकारिता पेसा समाजको ऐना भएको बताए । पेसालाई मर्यादित बनाउन प्रेस चौतारीको ठूलो भूमिका हुने उनको भनाइ छ । अग्रपंक्तिमा रहने पत्रकारको सुरक्षाका विषयमा समेत पार्टी जानकार रहेको र संगठनको संरक्षणका कार्यक्रम राखिएको उनले जानकारी दिए
प्रेस चौतारी नेपाल सुर्खेत जिल्ला समितिका अध्यक्ष मुना हमालले संगठनले केही नयाँ कामको थालनि गर्न लागेको बताइन् । पत्रकारको संरक्षण र सुरक्षाका लागि अक्षयकोष निर्माण, विभिन्न तालीमको आयोजना, पेसाप्रति टिकाइराख्न योजना निर्माणको काम भइरहेको उनको भनाइ थियो ।
आवाजपत्र । १९ बैशाख २०८२, शुक्रबार ११:००