२०८२ सालमा संघीय निजामती ऐन जारी हुने आशा

निजामती कर्मचारी संगठन सुर्खेतद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


सुर्खेत । निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुर्खेतले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । आइतबार वीरेन्द्रनगरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । २०८२ सालमा संघीय निजामती ऐन जारी हुने कर्मचारीहरुले आशा गरेका छन् ।
कर्मचारीहरुले नयाँ वर्षको शुभकामना व्यक्त गदै आउने वर्षमा कर्मचारीका समस्या र सवाल सम्बोधन हुने गरी सरकारले निजामती ऐन जारी गर्ने आशा गरिएको बताए ।
कार्यक्रममा पेशागत महासंघ कर्णाली प्रदेशको सहइन्चार्ज डोर प्रसाद उपाध्यायले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै संघीय निजमति सेवा ऐन आउँन ढिला भएकाले ऐन ल्याउन आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए । उनले देशमा सुशासन आउने संकेत गरेको भन्दै असल काम स्थापित गराउन र मुस्कानसहितको सेवा दिन नयाँ वर्षले सम्पूर्ण कर्मचारीमा प्रेरणा मिलोस् भन्ने शुभकामना दिए ।

यस्तै कार्यक्रममा निजमती कर्मचारी संगठनका केन्द्रिय सल्लाहकार मोहन गिरी नयाँ वर्षको शुभकामना व्यक्त गर्दै २०८२ सालमा संघीय निजामती कर्मचारी ऐन जारी हुने अपेक्षा गरिएको बताए । उनले स्थानीय तहका कर्मचारी बढी मर्कामा परेकाले उनीहरुको मुद्दा सम्बोधन हुने गरी ऐन जारी हुनुपर्ने उनको भनाई छ । उनले कर्मचारीहरुलाई संगठित भएर हक र अधिकारका लागि दवाब दिनुपर्ने र मुद्दा सम्बोधन हुने गरी लाग्न आग्रह गरे ।कार्यक्रममा निजामती कर्मचारी संगठन कर्णाली प्रदेश इन्चार्ज तुलाराम गिरीले पनि शुभकामना व्यक्त गर्दै संघीय निजामती ऐन आउने अपेक्षा गरिएको बताए । उनले कर्मचारीले अनुभुति हुने गरी समस्या सम्बोधन हुने गरी निजामती कर्मचारी ऐन अनुपर्नेमा जोड दिए ।
यस्तै निजामती कर्मचारी संगठनका अध्यक्ष सीता कंडंलले नयाँ वर्षमा नयाँ वर्षले संघीय निजामती कर्मचारी ऐन जारी हुने अपेक्षा रहेको बताइन् । उनले कर्मचारीको समस्या सम्बोधन हुने गरी ऐन संशोधन र मुद्दा स्थापित हुने गरी लाग्नुपर्ने बताइन् । उनले आफना अधिकारका कुरासँगै आफनो कर्तव्य प्रति पनि ख्याल गर्नुपर्ने जोड दिइन् ।