टी–२० विश्वकप : नेदरल्याण्ड्सलाई ८३ रनले हराउँदै श्रीलङ्काको सुखद अन्त्य

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘डी’ को समूह चरणको अन्तिम खेलमा श्रीलङ्काले नेदरल्याण्ड्सलाई हराएको छ । आज बिहान भएको खेलमा श्रीलङ्काले नेदरल्याण्ड्सलाई ८३  रनको फराकिलो अन्तरले हराउँदै सुखद् अन्त्य गर्‍याे ।

जितका लागि दुई सय २ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६ ओभर ४ बलमा एक सय १८ रनमै अलआउट भयो । उसका माइकल लेभिट र कप्तान स्कट एडवाड्र्सले समान ३ रन बनाउन बाहेक अरुले राम्रो खेल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले ६ विकेटको क्षतिमा दुई सय १ रन बनायो । उसका कुशल मेन्डिस र चरिथ असलंकाले समान ४६ र धनन्जय डी सिल्भाले ३४ रन बनाए । नेदरल्याण्डका लोगन भान वीकले दुई विकेट लिए ।

श्रीलङ्का समूह चरणमा तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो । यो समूहमा दक्षिण अफ्रिका शीर्ष र बङ्ग्लादेश दोस्रो स्थानमा रहेर सुपर आठमा पुग्दा नेदरल्याण्ड्स चौथो र नेपाल पुछारमा रह्यो ।